महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजान्छुः नवनिर्वाचित ढकाल

महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजान्छुः नवनिर्वाचित ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नव निर्वाचित चन्द्र ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै नव निर्वाचित ढकालले आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत व्यवसायीको जीत भएको बताए ।

मतपरिणाम घोषणासँगै उनले भने, ‘मैले योभन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण जिम्मेवारी निजी क्षेत्रको आवाज उठाउने हो ।’