काठमाण्डु- बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले कार्यभार सम्हालेका छन् ।
राजदूत घिमिरेले शुक्रबार कार्यभार सम्हालेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनी लन्डन मिसनमा २३ औं राजदूत हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेको करिब तीन सातामा घिमिरे बेलायत पुगेका हुन् । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रूपमा आएका घिमिरेले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताएका छन् ।
लामो समयदेखि बाँकी भूतपूर्व गोर्खाहरूको माग सम्बोधनमा पनि आफूले सक्दो पहल गर्ने उनको अठोट छ । घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् ।
प्रतिक्रिया