काठमाण्डु – भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजे ११ मिनेटमा स्पर्श गरेको थियो। राति ११ बजेर ५६ मिनटमा चन्द्रग्रहणको मध्य र राति १ बजेर ४१ मिनटमा ग्रहण सकिएको थियो।
ग्रहण साढे तीन घण्टा काठमाण्डुको आकाशमा देखिएको थियो । पृथ्वीले सूर्यलाई पूर्णरूपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था नै खग्रास चन्द्रग्रहण हो। पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छाया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो।
यो ग्रहण नेपालबाट देखिने २०८२ को पहिलो ग्रहण हो। यसै वर्ष आगामी फाल्गुन १९ गते शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने छ ।









प्रतिक्रिया