आज राति २०२० कै पहिलो चन्द्रग्रहण लाग्दै, यी राशीलाई हुनेछ शुभ

आज राति २०२० कै पहिलो चन्द्रग्रहण लाग्दै, यी राशीलाई हुनेछ शुभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (शुक्रबार) पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्ने भएको छ । आज लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।

आज लाग्ने यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यसपटकको चन्द्र ग्रहण भारत, एसिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ ।

२०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन् । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।
ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ । यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन् ।

ग्रहणमा कुम्भ, तुला, मीन र कर्कट राशीमा शुभ फल देखिएको छ भने मेष, कन्या, मिथुन र सिंह राशीमा मध्यम फल देखिएको छ । त्यस्तै मकर, वृश्चिक, वृष र धनु राशीमा अशुभ फल देखिएको छ ।