काठमाण्डु– प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले किरिया पुत्री भवनको शिलान्यास गरेका छन् ।
सोमबार आयोजित कार्यक्रमा खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गरेका हुन् ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताए।

आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी निधन भएकाहरुको आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाण्डु महानगरपालिका–३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले निर्णय गरेको
थियो ।




प्रतिक्रिया