ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशीसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सोमबार विशेष अदालतमा हाजिर भएका जोशीलाई साधारण तारेखमा छोडिएको हो । उनलाई अदालतले धरौटी माग नगर्ने र आवश्यक समयमा अदालत उपस्थित हुने गरी साधारण तारेखमा छोडेको हो ।

न्यायाधीशहरु प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । उनी २०६९ असार ७ देखि २०६९ असोज २ सम्म मन्त्री रहेका थिए । बयानमा आफूले हस्ताक्षर गरेको तर कुनै रकम भ्रष्टाचार नगरेका दाबी गरेका थिए ।