चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न

चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डुको चन्द्रागिरिमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको छ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा आज कांग्रेस चन्द्रागिरि नगर कार्यसमिति र नेपाल तरुण दल काठमाण्डु क्षेत्र नं ९ र १० को संयुक्त आयोजनामा ग्रिनल्यान्ड बैङ्केट त्रिभुवनपार्कमा नगरस्तरीय युवा तथा तरुण भेला सम्पन्न भएको हो ।

कार्यक्रममा कांग्रेस काठमाण्डुका सभापति सबुज बानियाँले पार्टीभित्र अग्रजको सम्मान गर्दै युवालाई समेटेर अगाडि बढेमा पार्टी गतिशील र चलायमान हुने बताएका छन् । “पार्टीको १४ औँ महाधिवेशनमा धेरैभन्दा धेरै युवा प्रतिनिधित्व गराउनुपर्छ,” उनले भने । नेपाली कांग्रेसका तर्फबाट काठमाण्डु क्षेत्र नं १० बाट विजयी सांसद एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले युवालाई सीप र उद्यमशीलतासँग जोडे मात्र मुलुकको विकास हुने भन्दै कांग्रेसले युवालाई उद्यमसँग जोड्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको बताए ।

कांग्रेस काठमाण्डुका सचिव राजकुमार नकर्मीले देशभरका विभिन्न जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याए पनि काठमाडौँको अहिलेसम्म नटुङ्गिएको भन्दै चाँडो टुङ्ग्याएर निर्वाचनको वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।  कांग्रेस चन्द्रागिरि नगर कार्यसमितिका सभापति एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा सबै मिलेर कांग्रेसको अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाण्डुको सबैभन्दा ठूलो नगरपालिकामा चन्द्रागिरिमा १५ वडा छन् । उक्त भेलामा १५ वटै वडाका युवा तथा तरुणको सहभागिता रहेको कांग्रेस चन्द्रागिरिका युवा नेता सरोज थापाले जानकारी दिएका छन् ।