काठमाण्डु – चन्द्रागिरिको केबलकारसँगै आजदेखि जिपलाइन पनि सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणका कारण गत वैशाख १६ गतेदेखि सरकारले निषेधाज्ञा शुरु गरे सँगै केबलकार बन्द भएको थियो ।
आजदेखि खुलेको चन्द्रागिरिमा पुगेकाहरूले जिपलाइनको मज्जा पनि लिएका छन् । महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरिमा करिब दुई हजार जनाले यात्रा गरेको बताएका छन् । शाहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए ।




प्रतिक्रिया