लुम्बिनीका पूर्वमन्त्री गुप्तामाथि आक्रमण

लुम्बिनीका पूर्वमन्त्री गुप्तामाथि आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ ।

रुपन्देही–५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा शनिबार केही युवाले आक्रमणको प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय लुम्बिनीको प्रांगणमा शनिबार पुगेका उनलाई कांग्रेस निकट युवाहरुको समूहले हातपात गरेका छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित इलाका प्रहरी कार्यालय अगाडि दुई समूहको विवादमा पुगेका गुप्तामाथि युवाहरूको समूहले हातपात गरेको हो । गुप्ता आफ्नो कार्यालयतर्फ आउँदै गर्दा बाटोमा हातपात भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले जानकारी दिए ।

गुप्ता सवार बागमती प्रदेश ३–०१ च ६६२७ नम्बरको गाडीलाई रोकेर युवाहरूको समूहले हातपातको प्रयास गरेपछि प्रहरीले उद्धार गरी उनलाई आफ्नो कार्यालयभित्र पु¥याएको थियो ।

गुप्ताले आफूमाथि आक्रमणको प्रयास भएको बताए । कांग्रेसका पूर्वसांसद फकरउद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको सांसद गुप्ताले बताए ।

भैसहियामा युवाहरूबीच विवाद उत्पन्न भएको थियो । उक्त विवादमा पूर्वसांसद फकरउद्दिनका भजित नेतृत्वको समूह र सांसद गुप्ता समर्थक बीचको समूह आपसमा भिडेका थिए ।