काठमाण्डु – वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाल जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट खेलेका थिए । उनले वेष्ट इन्डिजबाट १६४ टेष्ट, २६८ एकदिवसीय र २२ टी–२०आई खेल खेलेका छन् ।
उनीसँग आईपिएल, सिपिएल जस्ता विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ ।
शिवनारायणले सन् २०२२ मा अमेरिकाको सिनियर महिला टोली र यू–१९ महिला टोलीको जिम्मेवारी सम्हालेका थिए ।
पहिलो संस्करणको च्याम्पियन टोली जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए ।




प्रतिक्रिया