छाङरु पुग्यो जनगणना टोली

छाङरु पुग्यो जनगणना टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको व्यास गाउंपालिका–१ स्थित छाङरु र तिकंर गाउंको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।

शुक्रबार खलंगाबाट हिंडेकोसहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउंसो १२ बजे छाङरु पुगेर जनगणनाको काम सुरु गरिसकेको दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिए ।

उनकाअनुसार छाङरु र तिकंर दुबै गाउंमा जनगणना गरिसक्न तीन दिन समय लाग्ने सम्भावना छ । चिसो छल्न तिकंरबासी बेसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको हो । बेसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिने पाण्डे ले बताए ।