-महेश सिंह महतो
सिरहा – सिरहाको पटेर्वा नगरपालिका १७ कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अबैध गाँजा पदारुर्थ सहित पक्राउ गरेको छ ।
पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई द्य BR01BX4249 नम्बरको मोटर साइकल सबार गरी मोटरसाइकलमा गाँजा लुकाए र लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलीले ५ केजी ४५० ग्राम अवैध लागुपदार्थ गाँजा सहित पक्राउ गरेको हो ।
शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। शसस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन्।




प्रतिक्रिया