६० किलो गाँजासहित एक भारतीय पक्राउ

६० किलो गाँजासहित एक भारतीय पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा – सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुंयालले जानकारी दिए ।

नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुंयालले बताए । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।