चार्ल्स शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइयो


काठमाण्डु –  ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज १९ वर्षपछि थुनामुक्त भएका छन् । केन्द्रीय कारागार गोलघरबाट उनलाई रिहा गरेर अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको हो । आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई डिपोट गरिँदैछ ।

सन् १९९७ मा भारतमा करिब २१ वर्ष जेल बसेर आफ्नै देश फर्किएका शोभराज त्यसको झन्डै ६ वर्षपछि नेपाल घुम्न आउने क्रममा पक्राउ परेका थिए । प्रहरीले पुरानो फाइल खोलेर अनुसन्धान अगाडि बढाएको थियो । सर्वोच्च अदालतले बुधबार शोभराजलाई तत्काल थुनामु्क्त गरी १५ दिनभित्र स्वदेश फर्काउन आदेश गरेको थियो ।

ज्येष्ठ नागरिकका रुपमा कैदीले पाउने सुविधालाई टेकेर सर्वोच्चले आदेश गरेको हो । चार्ल्स शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement