अन्तराष्ट्रिय चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित

अन्तराष्ट्रिय चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित गरेको छ । विदेशमा अलपत्र परेका कामदारलाई चार्टर्ड उडानबाट नेपाल ल्याउन रोक लगाएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै उडान स्थगित गर्न प्रस्ताव गरेको हो ।

सीसीएमसीले विदेशबाट ल्याएकाहरुलाई राख्ने क्वारेन्टाइन नभएको भन्दै तत्कालका लागि स्थगित गर्न मन्त्रालयलाई पत्र काटेको हो ।

सीसीएमसीले कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको पत्रमा उल्लेख गरेको छ ।

नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ । निगमले भोलीदेखि हुने उद्धारका उडान तालिका अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।

दूतावासहरुले पनि उडान स्थगित भएको सूचना सार्वजनिक गरेका छन् । नेपाल आउन पालो कुरेर बसेका नेपालीहरु यो सूचनाबाट निराश बनेका छन् ।