चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको मकवानपुरगढी गाउपालिका बुङदलमा शनिबार राति हावाहुरीसँगै परेको चट्याङ लागेर देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको हो । अर्की एक महिला घाइते भएकी छन् ।

प्रहरीका अनुसार घाइते स्याङतानको हेटौडा अस्पतालमा उपचार भइरहेको छ । यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा लागो लागेको स्थानीयवासीले जानकारी दिएका छन ।