चट्याङ लागेर शिक्षकको मृत्यु

चट्याङ लागेर शिक्षकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सल्यानमा चट्याङ लागेर एक जना  शिक्षकको मृत्यु भएको छ ।

कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।

सोमबार घर नजिकै गोठालो गएका कार्कीलाई साँझ ६ बजे चट्याङले हानेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनी कालीदेवी प्राथमिक विद्यालय लक्ष्मीपुरमा कार्यरत रहेका थिए ।

चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उपरीक्षक कार्कीले बताए ।