काठमाण्डु – पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र चाउचाउ गोदाममा आगलागी भएको हो ।
बिहान साढे ८ बजे सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ ।
कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको थियाे । चारवटा दमकलले आगो नियन्त्रणका लागि गरेको प्रयास सफल भएको छैन । सेना र प्रहरी आगो नियन्त्रणमा खटिएका छन् ।
चौधरी उद्योग ग्राम देवचुलीका प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार उद्योग परिसरमा रहेको बियर प्लान्टको गोदाम र बोटलिङ क्षेत्रमा आगलागी भएको हो । ब्रुअरीले नेपाल आइस बियरलगायतका बियर उत्पादन गर्दै आएको छ ।




प्रतिक्रिया