चौंरी हाइड्रोपावरले सर्वसाधारणलाई शेयर दिने

चौंरी हाइड्रोपावरले सर्वसाधारणलाई शेयर दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मन्जु खनाल 

काठमाडौं – चौंरीखोला हाइड्रोपावर कम्पनीले सर्वधारणको लागि शेयर दिने भएको छ । रामेछाप र काभ्रेको सिमा भएर बग्ने चौरीखोलामा निर्माण भइरहेको हाइड्रोपावरले स्थानीयवासी र सर्वसाधारणलाई शेयर दिने तयारी गरेको प्रवद्र्धकले जानकारी दिएका छन् ।

चौरी हाइड्रोपावर प्रालिका अध्यक्ष रामचन्द्र न्यौपानेका अनुसार १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीय बासी र १५ प्रतिशत सर्वसाधारणको लागि शेयर दिन लागिएको हो । ६ मेगावाट क्षमताको आयोजना २०७८ मंसिरभित्रमा सम्पन्न गर्ने गरी निर्माण धमाधम भइरहेको छ ।

प्रवद्र्धक कम्पनीले यो आयोजना तुलनात्मक रुपमा सस्तोमा निर्माण हुने र भौगोलिक अवस्था पनि राम्रो भएकाले छिट्टै प्रतिफल दिने जनाएको छ । ‘यसको इनर्जी राम्रो छ,’ न्यौपानेले भने, ‘ट्रान्समिसन लाइन पनि राम्रो छ । ट्रान्समिसन लाईन विद्युत आयोजनाबाट नजिक भएकाले चुहावट कम हुन्छ । जति टाढा ट्रान्समिसन लाइन भयो चुहावटको दर उति बढी हुन्छ ।

चुहावट रोकियो भने नाफा बढ्छ । त्यही भएर यो कम्पनीमा लगानी गर्दा शेयरधनीको लगानी सुरक्षित हुन्छ ।’ परियोजनाबाट २ दशमलब ५ किलोमिटर दुरीमा सवस्टेशन बनिररहेको छ । भौगोलिक अवस्था राम्रो भएको कारणले गर्दा पनि निर्माण लागत सस्तो भएको न्यौपानेले जानकारी दिए । यो योजनाको प्रतिमेगावाट निर्माण लागत अन्य आयोजनाको तुलनामा कम छ । यसको प्रतिमेगावाट निर्माण लागत १९ करोड रुपैयाँ छ । ‘कतिपय परियोजनाको निर्माण लागत प्रतिमेगावाट २५ देखि ३० करोड रुपैयाँसम्म छ,’ न्यौपानेले भने, ‘यसको भने कम हुनुको मुख्य कारण यहा“को भौगोलिक अवस्थित राम्रो हुनु नै हो ।’

स्थानीवासीको सहयोग भएकाले तोकेकै समयमा आयोजना सम्पन्न हुने न्यौपानेले विश्वास गरे । ‘कति परियोजनामा स्थानीयबासीको अवरोधले काम ढिलाई भएको छ,‘ न्यौपानेले भने, ‘यो आयोजनामा स्थानीयबासीकै सहभागीता छ । कामको जिम्मा उनीहरुमै दिइएको छ । त्यही भएर पनि आयोजनामा स्थानीयवासीको अवरोध हुने संभावना छैन । उनीहरु उत्साहित छन् ।’

परियोजनाका विद्युतगृहबाट बा“ध निर्माण स्थलसम्म बाटो खोल्ने काम भइरहेको छ । यस अघि आवास गृह निर्माण, जग्गा कम्पनीको नाममा ल्याउने लगाएत काम सम्पन्न भइसेका छन् । सिन्धुपाल्चोक, रामेछाप, काभ्रे र दोलखाकाको संगम स्थल डाँछेमा बाँध बनाएर काभ्रेको चौंरी देउराली गाविसको किल्पुमा बनाइएने विद्युतगृहबाट विजुली उत्पादन गरिने छ ।

शैलुङखोला, फेदा खोला र वाफल खोला मिलेको चौंरी खोलामा ४ दशमलब ३६ क्युसेक पानी बग्छ । यी तिनै खोलामा अलग अलग इन्टेक बनाएर विद्युत गृहसम्म पानी ल्याइनेछ ।

ड्यामको छेउमा ६७ मिटर लम्बाइको थिग्राउने पोखरी निर्माण हुनेछ । थ्रिग्राउने पोखरीबाट डिसेन्डर बेसिनसम्म पानी लैजान १ सय १४ मिटर लामो टनेल मार्ग निर्माण हुनेछ । डिसेन्डर बेसीनबाट ३ किलोमिटर ५ सय मिटर लामो पाइपलाइनबाट पानी लगिने छ ।

१ दशमलब ६ मिटर, १ दशमलब ५ मिटर र १ दशमलब ४ मिटर गोलाइ भएका तीन प्रकारका पाइपबाट पानी लगिने छ । डिसेन्डर बेसीनबाट भने ३ किलोमिट र ५ सय मिटेर लामो पाइपमार्फत पानी लगिनेछ । पाइप कतै भूमिगत कतै खुला हुनेछन् ।

बाँध छेउमा र पावर हाउस छेउमा गरी दुई वटा टनेल निर्माण हुनेछन् । विद्युत गृहबाट ४ सय मिटरमाथि निर्माण हुने सर्ज पाइपको छेउमा अर्काे टनेल निर्माण हुनेछ । सर्ज पाइप डबल च्याम्बरको हुनेछ ।

किल्पुमा निर्माण हुने विद्युत गृह अर्धभूमिगत हुनेछ । ३-३ मेगावाटको दुईवटा फ्रान्सिस् टर्वाइन मार्फत विजुली उत्पादन हुनेछन् । त्यहा“बाट उत्पादिन विजुली चौरी देउराली गाउ“पालिका ३ निर्माण भइरहेको प्रसारण लाइनमा जोडिनेछ । ३३ केभिए क्षमताको सवस्टेशन आयोजनास्थलबाट २ दशमलब ५ किलोमिटर टाढा छ । यहाँ बन्ने प्रसारण लाइन सिन्धुपाल्चोकको मुढे हुुदै सुनकोसी जलविद्युत आयोजनाबाट केन्द्रिय प्रसारण लाइनमा जोडिने छ ।

आयोजनाको निर्माण लागत १ अर्ब १४ करोड रुपैया रहेको न्यौपानेले जानकारी दिए । यो आयोजना स्वदेशी पुजी, स्वेदेशी प्राविधिक र स्वेदेशी कामदारबाटै निर्माण हुन लागेको आयोजना हो । आयोजनामा २८ प्रतिशत प्रवद्र्धकले पुजी जुटाउनु पर्नेछ भने ७२ प्रतिशत बैंकले ऋण प्रदान गर्नेछन् । माछापुच्छ्रे बैकसँग लगानी सम्झौता भएको न्यौपानेले जानकारी दिए । आयोजनाले १० प्रतिशत स्थानीयबासी र १५ प्रतिशत सर्वसाधारणलाई शेयर दिनेछ ।

आयोजना निर्माणको ठेक्का सत्यसाइ-नेपाल परी निर्माण सेवा जेभीले पाएका छन् । आयोजनाले निर्माणमा स्थानीयबासीलाई नै सहभागी गराउने रणनीति बनाएको छ । स्थानीयबासीलाई पेटी कन्ट्याकमा काम समेत दिइएको सत्यसाइ-नेपाल परि निर्माण सेवाका प्रवन्धक पूर्ण श्रेष्ठले जानकारी दिए । काभ्रेको विकट ठाउँमा आयोजना निर्माण हुन लागेपछि स्थानीयवासी खुशी भएका छन् । ‘हाम्रो ठाउँमा ठूलो आयोजना पनि आयो । हामीले काम पनि पायौं,’ स्थानीयवासी कृष्ण थापामगरले भने, ‘आयोजना समयमै सम्पन्न गर्न स्थानीयवासीको तर्फबाट सक्दो सहयोग गर्छाै ।’

प्रवद्र्धकले २०६२ सालबाटै आयोजना संभाव्यता अध्ययन शुरु गरेका थिए । २०७२ सालमा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता भएको थियो । २०७२ सालको भुइचालो र सब स्टेशन निर्माण ढिलाई भएकाले आयोजना निर्माण गर्न दुई वर्ष ढिलाई भएको न्यौपानेले जानकारी दिए । ‘२०७२ को भुइचालोले जमिन छिया-छिया भएकाले त्यसको अवस्था अध्ययन गर्नु पर्याे, न्यौपानेले भने, ‘केही संरचना नै परिवर्तन गर्नु प¥यो । यसकारण पनि काममा ढिलाई भयो । अर्काे कारणचाहिं सबस्टेशन निर्माणमा ढिलाइ भयो ।

हामीले विजुली उत्पादन गरे पनि सबस्टेशन नबन्दा विजुली खेर जाने अवस्था थियो । अब सब स्टेशन पनि बन्ने क्रममा छ । हामी पनि निर्माणको काम तिब्र गतिमा अघि बढाउँछौं ।’