चेक बाउन्सका फरार प्रतिवादी पक्राउ गरी जेल चलान

चेक बाउन्सका फरार प्रतिवादी पक्राउ गरी जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ। ब्युरो टोलीले उच्च अदालत पाटनको २०७५ पुसको फैसलाअनुसार १० लाख ९४ हजार ५ सय जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो।

ब्युरो प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर शाहीले मञ्जु श्रेष्ठको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार चेमजोङलाई पक्राउ गरिएको जानकारी दिए।चेमजोङले आर्थिक व्यवहार मिलाउने भनी श्रेष्ठसँग १० लाख ९४ हजार ५ सय ऋण सापटी लिएको र रकम भुक्तान गर्न नसकेपछि पैसा नभएको चेक दिएपछि उक्त खाली चेकका आधारमा चेमजोङलाई पक्राउ गरेका हौं, उनले भने।

पक्राउ चेमजोङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेस गरेकामा अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाएको ब्युरोले जनाएको छ।