चेम्बरको हीरक जयन्तीमा वाकाथन प्रतियोगिता

चेम्बरको हीरक जयन्तीमा वाकाथन प्रतियोगिता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाण्डुमा शनिबार वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठको अवसरमा चेम्बरले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्वारा काठमाण्डुको जमलस्थित चेम्बर भवनबाट सुुरु भएको वाकाथन कार्यक्रम  रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हुँदै झोंछेमा गएर समापन भएको थियो ।

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरू, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करीब ३०० जनाको सहभागिता थियो ।

चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सबैभन्दा पुुरानो संस्था चेम्बरले स्थापनाको ७५औं वर्षगाँठलाई भव्य रूपले सम्पन्न गर्न यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरूको मनोबल उकास्नका लागि पनि यस्ता खाले कार्यक्रमहरू आयोजना गरिएको बताए ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाण्डुका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरूको प्रवर्द्धन गर्न महत्वपूूर्ण भएको बताए ।

चेम्बरको शिक्षा तथा खेलकुुद समितिका सभापति रुपक राजवंशीले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिए ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरूलाई हीरक जयन्तीको अवसरमा उजागर गरिने जनाइएको छ ।