एआई नीतिलाई उद्यमशीलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं : चेम्बर

एआई नीतिलाई उद्यमशीलता विकास र रोजगारी सिर्जनामा प्रयोग गरौं : चेम्बर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्यबारे बृहत् अन्तरक्रिया सम्पन्न भएको छ ।

काठमाण्डुको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितिमा सूचना प्रविधि क्षेत्रका २ दर्जन बढी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूूनी सहजतामार्फत डिजिटल भविष्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबिच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्त्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवर्द्धन र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधार बन्दै गएको बताए । डिजिटल रूपान्तरणमार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यावसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको भूूमिका महत्त्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाइ छ ।

अध्यक्ष अग्रवालले एआईको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सीमित स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नुुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सले सरकार र निजी क्षेत्रबिच विश्वसनीय पुुलको भूूमिका निर्वाह गर्दै एआई नीति निर्माण र कार्यन्वयनमा निरन्तर सहकार्य गर्ने अध्यक्ष अग्रवालले प्रतिबद्धता जनाए ।

कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकासमार्फत दीगो आर्थिक विकास गर्नुुपर्ने बताए । उनले सार्वजनिक निजी साझेदारीमार्फत आईटी क्षेत्रको विकास गर्न सकिए युवाहरूको वैदेशिक पलायन रोक्न सकिने बताए ।

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले नेपालमा एआई नीतिको प्रभावकारिता, कानूूनी जटिलता, डेटा सुुरक्षा, साइबर जोखिम जस्ता विषयमा धारणा राखेका थिए ।

सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युुनियन अफ इन्फरमेसन कम्युुनिकेसन एण्ड टेक्नोलोजी नेपालबिच सूूचना प्रविधि र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युुनियन अफ इन्फरमेसन कम्युुनिकेसन एण्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुुशल रेग्मीले हस्ताक्षर गरेका छन् ।