छिन्नभिन्न भयो विप्लव समूह

छिन्नभिन्न भयो विप्लव समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटव्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ८ जा चैत ८ मा काभ्रेबाट समातिए।

गत वैशाख २५ मा पोलिटव्युरो सदस्य भरत बम विस्फोटक पदार्थसहित नेपालगञ्जबाट पक्राउ परे। गत असोज २९ को राति मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरगञ्ज) र राप्ती व्युरो इन्चार्ज सुवास बाठासहित २१ नेता दाङबाट समातिए। सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता कार्यकर्ता भूमिगत छन्।

प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित एक हजर एक सय ५० नेता कार्यकर्ता समातिइसकेका छन् । अहिले विप्लव समूह छिन्नभिन्न अबस्थामा पुगेको छ। झण्डै ६ सय नेता कार्यकर्ताले पार्टी छाडेका छन्। सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता कार्यकर्ता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन्। यो खबर कान्तिपुर दैनिकमा छ ।