चरेस र ओंतको छालासहित दुई जना पक्राउ

चरेस र ओंतको छालासहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट – चरेस र ओंतको छालाको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भेरी नगरपालिका–१२ को बारेलास्थित मुम्बई रिटन चाइनिज कर्नरमा बसिरहेका बारेकोट गाउँपालिकाको मैनाका गणेशबहादुर बस्नेत र हस्तबहाददुर बस्नेतलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।

गणेशको साथबाट पाँच पोका चरेस फेला परेको प्रहरीको दाबी छ । हस्तको ओंतको चारैवटा खट्टासहितको छाला फेला परेको हो ।