लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षण महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य

लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षण महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताएको छ ।

उनले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा उद्घाटन गर्दा बताएको हो । उनले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति सचेत हुन युवालाई आग्रह गरे। नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङ्गेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मालगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा धारणा व्यक्त गरेको थियो ।