पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग


काठमाण्डु– उच्च अदालत बुटवलले सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

बुधबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

जोशीलाई रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको सोमबारको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसविरुद्ध जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका थिए ।