स्वतन्त्र सांसद छक्कबहादुरद्वारा माओवादी पार्टी कार्यालय नियन्त्रणमा

स्वतन्त्र सांसद छक्कबहादुरद्वारा माओवादी पार्टी कार्यालय नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला– आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित छक्कबहादुर लामाले माओवादी केन्द्रको हुम्लास्थित पार्टी कार्यालय नियन्त्रणमा लिएका छन्।

 

 

माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं वाम उम्मेदवार छिमी लामाविद्ध उम्मेदवारी दिएर विजयी भएका छक्कबहादुर र उनका समर्थकले पार्टी कार्यालयको ताला फोडेर नयाँ ताला लगाएका छन्।

 

 

माओवादी हुम्लाले छक्कबहादुर कारबाहीका लागि सिफारिस गरेको थियो।

 

 

तर, कारबाही सिफारिस गरिएको भोलिपल्ट विज्ञप्ति निकाल्दै नवनिर्वाचित छक्कबहादुरसहित उनका समर्थकले पार्टी कार्यालयको ताला तोड्दै नियन्त्रणमा लिएका हुन्।

 

 

आफू माओवादी केन्दकै एक कार्यकर्ता भएकोले जिल्लामा अधिकांश नेता कार्यकर्ताको समर्थन जनताको न्यायले आफूले स्वतन्त्र भएर जितेको उनको दाबी छ।

 

४ सय जिल्ला कमिटी सदस्यमध्ये ३ सय सदस्य आफ्नो पक्ष भएको छक्कबहादुरको भनाई छ।