काठमाण्डु– सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा अहिले छलफल चलिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीबीच पछिल्लो एक घण्टादेखि छलफल जारी छ।
बैठकमा गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसहित उच्च तहका नेताहरू सहभागी छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठक सकिएलगत्तै सभापति देउवा बालुवाटार पुगेका थिए। छलफलको मूल एजेन्डामा समसामयिक राजनीतिक परिस्थिति, देशका विभिन्न भागमा परेको बाढी, पहिरो र डुबानले निम्त्याएको मानवीय तथा भौतिक क्षति, र त्यसपछि भइरहेका उद्धार तथा राहत कार्य छन्।
बालुवाटार स्रोतका अनुसार, नेताहरूबीच आगामी रणनीति, आपत्कालीन व्यवस्थापनमा समन्वय र राजनीतिक सहकार्यको निरन्तरताबारे समेत विमर्श भइरहेको छ।




प्रतिक्रिया