बझाङ – लगातार परेको भारी वर्षाका कारण बझाङमा पहिरोमा परी थप ४ जनाकाे मृत्यु भएकाे छ । बुधबार घरमाथिबाट पहिरो खस्दा खप्तडछान्ना गाउँपालिकामा चार जनाको मृत्यु भएको हाे।
माझिगाउँमा माथिबाट पहिरो खस्दा धर्म रोकाया र उनकी श्रीमतीको मृत्यु भएको छ,।यस्तै कालुखेतीमा पनि बिरु गिरी र उनकी श्रीमतीको मृत्यु भएको स्थानीय दीपक बहादुर राेकायले बताए । पिठातोलाका २ जना समेत बेपत्ता भएका उनले बताए। गाउँपालिका नजिकै पहिरोमा परेर पुरिएका एक दम्पतीको शव निकालेर दाहसंस्कार भइसक्यो, उनले भने,। अन्य ठाउँमा खोजीकार्य जारी छ।




प्रतिक्रिया