बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बागमतीका मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा छापा मारेको छ ।

अवैध सम्पत्ति आर्जन गरेको र सम्पत्ति लुकाएको आशंकामा विभागले अनुसन्धानका क्रममा छापा मारेको हो ।

हेटौंडाको सानोपोखरामा रहेको बानियाँ निर्माण सेवा (बीएनएस) घरमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको स्रोतले बतायो ।

विभागको टोलीले काठमाण्डुको नक्साल र सुन्धारामा रहेको कार्यालयमा समेत छापा मारेको छ ।

उनको सम्पत्ति र कारोबारमा केही अस्वभाविक गतिविधिहरू भेटिएको विभाग स्रोतले जनाएको छ ।