चिनियाँ राष्ट्रपति सी चेन्नईबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे

चिनियाँ राष्ट्रपति सी चेन्नईबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय समय अनुसार दिउँसो १:३० बजे (नेपाली समयानुसार दिउँसो १ः४५ बजे) सी चेन्नइबाट काठमाडौंका लागि उडेका हुन् ।

चेन्नइदेखि काठमाडौंसम्मको हवाइ यात्रा करिब ३ घण्टाको हुने छ । यस हिसावले सी सवार विशेष विमान करिब ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गर्ने छ । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नेछिन् । भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।