काठमाण्डु – नेकपा एमालेका नेता छिमि लामा आशकर पुरानै पार्टीमा फर्किएका छन् । केहि दिनअघि माओवादी केन्द्र छाडी एमाले प्रवेश गरेका नेता लामा पुन पुरानै पार्टी माओवादीमा फर्किएका हुन् ।
हुम्लाका नेता लामालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा टिका लगाएर पार्टीमा स्वागत गरेका हुन । लामाले माओवादी छाडेका अन्य साथीहरुलाई पनि पुरानै घर फर्काउने प्रतिबद्धता जनाए ।
व्यवस्थापनमा कमजोरी भएका कारण असन्तुष्ट हुँदै माओवादी छाड्ने गरेको भन्दै उनले त्यसलाई सच्याउन पार्टी नेतृत्वलाई उनले सुझाब दिए । ‘माओवादी पार्टीभित्र व्यवस्थापनको कमजोरी छ । यसैले गर्दा हुम्लामा माओवादी पार्टी कमजोर भएको हो,’ उनले भने, ‘अब मसँग गएका साथीहरूलाई सहकुशल ल्याएर बुझाउँछु ।’




प्रतिक्रिया