काठमाण्डु- चीनको छिन्ताओ शहर काठमाण्डुसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाण्डु– छिन्ताओ-काठमाण्डु रुटमा सिधा उडान थालेको हो ।
अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको हिमालयको जहाज छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गर्नेछ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना छन् ।




प्रतिक्रिया