काठमाण्डु – उपत्यकामा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । आइतबार कुखुरको मासु हालसम्मै उच्च ४ सय १० पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको थियो । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
अझै खुद्रा मूल्य ४ सय ३० सम्म पुग्ने सक्ने व्यवसायीहरुको भनाई छ । जिउँदो कुखुराको मूल्य २९० पुगेको छ । यसअघि २७० रुपैयाँमा कारोबार हुँदै आएको थियो ।




प्रतिक्रिया