मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले पाए विश्वासको मत


जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका छन् ।

मत विभाजन एवं हस्ताक्षर प्रक्रियामार्फत् उनको पक्षमा सबै दलले विश्वासको मतदान गरेका हुन्। १०५ सदस्यीय प्रदेश सभामा आज १०२ जना प्रदेशसभा सदस्य उपस्थित थिए भने ३ जना सांसद अनुपस्थित रहे ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय ललका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको सहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।