प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका न्यायाधीशहरुको ‘फूलकोर्ट’ बैठक बोलाएका छन् । उनले बैठक दिउँसो २ बजे बस्नेगरि ‘फूलकोर्ट’ बैठक बोलाएका हुन् ।

यसअघि बुधबार साँझ सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरूले ‘फुलकोर्ट’ बोलाउने सहमति गरेका थिए । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।

यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । यता शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिएको नेपाल बार एसोसियसनले आज पनि सर्वाेच्च परिसरमा धर्ना दिइरहेको छ ।

प्रधानन्यायात्रीश राणाले मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका आरोप उनीहरुले लगाएका छन् । सर्वोच्चबाट सुरु भएको विरोध आन्दोलन हाल देशभरका अदालतमा पुगेको छ ।