काठमाण्डु – प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन् । प्रधानन्यायाधीशले सरकारसँग मन्त्रीको कोटा माग गरेको समाचार आइरहेका बेला उनले दिउँसो १ पछि बस्नेगरि बैठक बोलाएका हुन् ।
सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो। आउँदो बिहीबार (घटस्थापना) देखि दसैँ सुरु भएसँगै अदालत बन्द हुनेछ ।
‘फुल कोर्ट’ बैठकमा दसैं बिदाको अवधिमा मुद्दाको सुनुवाईको व्यवस्थान, त्यससमयमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायत समसामयिक विषय छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।




प्रतिक्रिया