प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठविरूद्ध उजुरी आह्वानः १० दिनको समय,यसरी दिन सकिन्छ उजुरी

प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठविरूद्ध उजुरी आह्वानः १० दिनको समय,यसरी दिन सकिन्छ उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध उजुरी आह्वान गरेको छ।

संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले संबैधानिक परिषदले हालै सर्वोच्च अदालतको प्रधानन्यायधिसका लागि सिफारिस गरिएका श्रेष्ठलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार र सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले आग्रह गरेको हाे।

त्यस्ता व्यक्तिहरूले सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगी सूचना वा उजुरी दिन सक्नेछन्।

सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने व्यहोरा समेत समितिले जानकारी गराएको छ।

नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का ब्यक्तिको नियुक्तीको लागि संबैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एबम सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन अनुरोध गरिएको हो ।

संवैधानिक परिषद्ले साउन १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनी राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।