बारका प्रतिनिधिलाई प्रधानन्यायाधीशको जवाफ : सरकारसँग मन्त्रीकाे कोटा मागेको छैन

बारका प्रतिनिधिलाई प्रधानन्यायाधीशको जवाफ : सरकारसँग मन्त्रीकाे कोटा मागेको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिमण्डल विस्तार गर्दा आफुलाई पनि भाग दिनुपर्ने माग राखेको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

सोमबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीहरूसँगको भेटमा आफुले सरकारसँग कुनै कोटा नमागेको प्रस्ट पारेका हुन् ।

उनले गजेन्द्र हमाल पुराना कांग्रेस नेता भएको बताउँदै उनको नाम आफूसँग जोड्न आवश्यक नभएको बताए । प्रधानन्यायाधीश जबराले हमाल शेरबहादुर देउवा सरहका कांग्रेस नेता भएको बताए ।

आइतबार प्रधानन्यायाधीश राणाले सरकार विस्तार गर्ने क्रममा आफुलाई पनि कोटा मागेको समाचार सार्वजनिक भएका थिए । स्रोतका अनुसार यस विषयमा सर्वोच्च अदालतले विज्ञप्तिमार्फत खण्डन गर्ने तयारी गरेको छ ।