काठमाण्डु – प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई सुरु भएको छ । छलफलका लागि कार्की समिति बैठकमा पुगेका छन् ।
बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो। गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो । हाल कायममुकायम प्रधानन्यायाधीश रहेका कार्कीबिरूद्ध २९ वटा उजुरी दर्ता भएका छन्।




प्रतिक्रिया