प्रधानसेनापतिले गरे फाष्टट्रयाक निर्माण कार्यदलको भौतिक पूर्वाधारको उद्घाटन


काठमाडौं – सेनाले काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजना अन्तर्गत निर्माण कार्यदलको भौतिक पूर्वाधारहरुको उद्घाटन गरेका छन् ।  शुक्रबार काठमाडौं–तराई-मधेश मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारहरुको गर्नु भई प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले गरेका हुन् । 

 

 

 

क्षेत्रीले आयोजनामा खट्टिएका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुलाई निर्देशन दिएका छन् । उक्त द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वितरण लगायतका कार्यहरु निर्माण सम्पन्न सुरक्षा बेशहरुबाट सहज हुने अपेक्षाकासाथ सुरक्षा बेशहरुको स्थापना गरिएको हो । हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना भईसकेको र अन्य सुरक्षाबेशहरु आवश्यकता अनुसार स्थापनाको क्रममा रहेका छन् ।

 

 

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम समाप्त गरी महारथी क्षत्री आजै काठमाडौं फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement