बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी होम आइसोलेशनमा बसेका थिए। कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए।उनलाई बिहीबार कोरोना पुष्टि भएको उनका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।