गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदैँ


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने भएपछि लुम्बिनी प्रदेशसभको बैठक दिउँसो २ बजे बस्दैछ ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ती गरिएको हो । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement