हेटौंडा – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन्।
बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो। बैठक अपरान्ह १ बजे बस्नेछ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्यार विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसभित्र विश्वासको मत दिने नदिने बारेमा बिबाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाईएको बैठक स्थगित हुन पुगेको थियाे।
नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि आपसी सहमतिमा बुधवार बोलाइएको बैठक सारेर शुक्रबार डाकिएको हो। शुक्रबार डाकिएको बैठकवाट भने पुन: विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री जम्मरकट्टेलले गरेका छन्।




प्रतिक्रिया