जनताले महसुस गर्ने गरी काम गर्छौ: मुख्यमन्त्री पाण्डे

जनताले महसुस गर्ने गरी काम गर्छौ: मुख्यमन्त्री पाण्डे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन्।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ”, उनले भने।

साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ।