मध्यप्रदेशकाे इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई नाचगानसहित स्वागत

मध्यप्रदेशकाे इन्दोरमा प्रधानमन्त्री प्रचण्डलाई नाचगानसहित स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्दोर – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत् इन्दोर पुगेका छन्। इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरेका थिए।

विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ। मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री प्रचण्ड होटल इन्दोर मेरियटमा बस्नेछन्।

भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् । आजै प्रधानमन्त्री प्रचण्डले सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजनाको आयोजना गर्ने कार्यक्रम छ ।

शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।