काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधानसेनापति शर्माले आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकारकाे फाल्गुण २६ गते बसेको मन्त्रीपरिषद् बैठकले सहायक रथी प्रेमध्वज अधिकारीलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।
उपरथी दर्जामा पदोनन्ती अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति गरिएकाे छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया