परराष्ट्रका ‘चिफ अफ प्रोटोकल’ पौडेलसहित ५ सहसचिवको सरुवा

परराष्ट्रका ‘चिफ अफ प्रोटोकल’ पौडेलसहित ५ सहसचिवको सरुवा

‘चिफ अफ प्रोटोकल’ मा गौतम र प्रशासनमा अधिकारी


काठमाण्डु– परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीलिप पौडेलको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ । सरकारले पौडेलको स्थानमा सहसचिव विष्णु गौतमलाई ल्याएको छ ।

परराष्ट्रमा चिफ अफ प्रोटोकल महत्वपूर्ण स्थान मानिन्छ भने, राष्ट्रपति कार्यालयमा पु¥याउनु थन्क्याएको रूपमा हेरिन्छ । पौडेल यसअघिका सचिव भरत पौडेलको रोजाइमा चिफ अफ प्रोटोकल वनेका थिए ।

त्यस्तै सामान्य प्रशासन महाशाखाका शरद आरणको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा सरुवा भएको छ । सामान्य प्रशासन महाशाखामा शुरेस अधिकारी आएका छन् ।

क्षेत्रीय संगठन हेर्ने जिम्मा सहसचिव ज्ञानबहादुर मगरले पाएका छन् ।