काठमाडौं – चिकित्सा शिक्षा आयोगमा चारजना निर्देशक नियुक्त भएका छन् । यसअघि सिफारिस भएका प्रा.डा. दिलीप शर्मा, प्राडा रमेश आचार्य, प्राडा संगरत्न बज्राचार्य र प्राडा आरती शाहलाई निर्देशको रूपमा आयोगले नियुक्ति गरेको छ ।
आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले उनीहरूलाई निर्देशकमा नियुक्ति गरेका हुन् । उपाध्यक्ष गिरीले चारजना निर्देशकलाई बिहीबार नै नियुक्तिसँगै जिम्मेवारीसमेत हस्तान्तरण गरेका छन् ।
जसअनुसार मापदण्ड तथा प्रत्यायन निर्देशनालयमा प्राडा शर्मा, योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयमा प्रा.डा. आचार्य, परीक्षा निर्देशनालयमा प्राडा संगरत्न बज्राचार्य र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा प्राडा आरती शाहलाई जिम्मेवारी दिइएको हो ।
गत कात्तिक २९ गते समितिका संयोजक डा उषा झाले उपाध्यक्ष गिरीसमक्ष चारजनाको नाम सिफारिस गरेकी थिइन् । निर्देशकको पदावधि चार वर्षको हुनेछ प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका फिजिसियन तथा वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा, डा. रमेश आचार्य , डा. आरती शाह र डा. शंगरत्न बज्राचार्यको नाम सिफारिस गरिएको थियो । वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. शर्मा मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रारसमेत हुन् ।
यस्तै, डा. आचार्य शिक्षणमा कार्यरत छन् भने डा. शाह वीर अस्पतालका अंकोलोजिष्ट हुन् । यस्तै, निर्देशकका लागि सिफारिस भएका डा. शंगरत्न बज्राचार्य शिक्षण अस्पतालमा फर्माकोलोजिस्टका रूपमा कार्यरत छन् ।
झा नेतृत्वको सिफारिस समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका अर्का निजी चिकित्सकसमेत रहेका डा अरुण सायमी र महाश्रम शर्मा सदस्य रहेका थिए । आयोगमा चारजना निर्देशक रहने कानुनी व्यवस्था छ ।
सोहीअनुसार समितिले चारजनाको नाम सिफारिस गरेको हो । निर्देशक आयोगका उपाध्यक्षले नियुक्त गर्नसक्ने प्रावधान भएपछि समितिले सिफारिस गरेका नाम उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि आयोगका उपाध्यक्ष प्राडा गिरीले नियुक्त गरेका हुन् ।




प्रतिक्रिया