नयाँ वर्षको पहिलो दिन भारतमा ६७ हजार बच्चा जन्मिने, नेपालमा कति ? (सूचीसहित)

नयाँ वर्षको पहिलो दिन भारतमा ६७ हजार बच्चा जन्मिने, नेपालमा कति ? (सूचीसहित)


वासिङटन – नयाँ वर्षको पहिलो दिन अर्थात् २०२० को १ जनवरीमा भारतमा ६७ हजार ३८५ बच्चाको जन्म हुने भएको छ ।

अर्थात् विश्वभरी जन्म हुने प्रत्येक १०० बच्चामा १७ को भारतमा हुने भएको छ । यो जानकारी युनेस्कोले दिएको हो । विश्वरभीमा वर्षको पहिलो दिन ३ लाख ९२ हजार ७८ बच्चाको जन्म हुने संस्थाले बताएको छ ।

नयाँ वर्षको सबैभन्दा पहिलो बच्चा फिजिमा हुने बताइएको छ । यो वर्षको पहिलो दिनको अन्तिम बच्चाको जन्म अमेरिकामा हुने भएको छ । त्यस्तै नेपालमा १ हजार पाँच सय बच्चा जन्मिने अनुमान गरिएकेा छ ।

विश्वव्यापी रुपमा यी मध्ये आधा भन्दा बढी बच्चाको जन्म ८ देशमा हुने अनुमान गरिएको छ ।

यो सूचीमा भारत शीर्ष स्थानमा रहेको छ । यहाँ ६७ हजार ३८५ बच्चाको जन्म हुने अनुमान गरिएको छ ।

यसपछि चीनमा ४६ हजार ३९९, नाइजेरियामा २६ हजार ०३९, पाकिस्तानमा १६ हजार ७८७, इन्डोनेसियामा १३ हजार ०२०, अमेरिकामा १० हजार ४५२, कंगोमा १० हजार २४७ र इथियोपियामा ८ हजार ४९३ बच्चाको जन्म हुने अनुमान गरिएको छ ।